केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेटो सदस्य राष्ट्र र इयुसंग ट्रम्पको छलफल

सहयात्रा टिभी

बिबिसि । बेल्जियमको ब्रसेल्समा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो राष्ट्रहरुको गठवन्धनका विषयमा छलफल सुरु गरेका छन । गठवन्धनलाइ अझ बलियो र प्रभावकारी बनाउन उनले नेटोमा आबद्ध सदस्य राष्ट्रहरुसंग छलफल सुरु गरेका हुन । यो विषयमा उनले युरोपियन युनियनका अधिकारीहरुसंग छलफल गरिसकेका छन । नेटो सदस्य र युरोपियन युनियनका अधिकारीहरुसंगको कुराकानी निकै महत्वपूर्ण रहेको ह्वाइट हाउसले जनाएको छ । ट्रम्पले नेटो सदस्य राष्ट्रले सुरक्षा क्षेत्रमा कम्तिमा २ प्रतिशत बजेट छुट्याउनुपर्ने बताउँदै आएका छन । ब्रसेल्समा अवतरण लगत्तै उनले बेल्जियममा राजा र रानीसंग भेट गरेका थिए । त्यसबेला हजारौं प्रदर्शनकारीले ट्रम्पबिरुद्ध नाराबाजी गरेका थिए ।

प्रकाशित : 25 May, 2017

प्रतिक्रिया दिनुहोस्