पोखरा लेखनाथ महानगरको २६ र २९ वडामा एमाले
सहयात्रा टिभी
काश्की । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २६ र २९ मा एमाले प्यानल विजयी भएको छ । वडा नम्बर २६ मा नारायणप्रसाद बरालसहित एमाले प्यानल बिजयी भएको हो । वडाध्यक्षमा विजयी बरालले २ हजार १ सय ३० मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मुरारी शर्माले १ हजार ५ सय ८६ मत प्राप्त गरे । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २८ मा पनि एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा निर्मल सुनारसहित एमाले प्यानल बिजयी भएको हो । बिजयी सुनारले १ हजार ५ सय २५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विकाश लामा गुरुङले १ हजार ४ सय ४८ मत प्राप्त गरे ।