केपी ओली प्रचण्ड माधव नेपाल एमाले


थप गरिएका स्थानीय तहमा जेठ ३१ गते निर्वाचन असम्भव–निर्वाचन आयोग

सहयात्रा टिभी

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय तहको संख्या वृद्धिबारे आएको अधुरो प्रतिवेदनको आधारमा निर्वाचन हुन नसक्ने बताउनु भएको छ । पहिलो चरणको निर्वाचनमा खटिएका अनुगमन टोली प्रमुख र सुक्ष्म अनुगमनकर्तासँगको छलफल कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहको संख्या बढाएको विषयमा सरकारबाट आधिकारिक जानकारी नआएको बताउनुभयो । आयोगले ४ सय ६१ वटा स्थानीय तहमा केन्द्रीत गरेर निर्वाचनको व्यवस्थापनलाई अघि बढाइरहेको उहाँले बताउनुभयो । मन्त्रिपरिषद् बैठकले तराईका विभिन्न जिल्लाहरुमा २२ स्थानीय तह थप्ने निर्णय गरेको थियो ।

यसैबीच, निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी थप गरिएका स्थानीय तहमा जेठ ३१ गते निर्वाचन असम्भव रहेको जनाएको छ ।

प्रकाशित : 25 May, 2017

प्रतिक्रिया दिनुहोस्