केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नयाँ सरकारमा राजपा सहभागी नहुने

सहयात्रा टिभी

काठमाडौं । नवगठित राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अब बन्ने नयाँ सरकारमा सहभागी नहुने भएको छ । बिहीबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले सरकारमा नजाने निष्कर्ष निकालेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएर कांग्रेसको नेतृत्वमा सरकार बन्ने गृहकार्य चलिरहेकाबेला राजपाले यस्तो निर्णय गरेको हो । राजपाले आफना पूर्व मागलाई सम्बोधन गर्न आन्दोलनलाई जोड दिएर अघि बढने निर्णय गरेको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयमा पनि आन्तरिक छलफल भइरहेको नेताहरुले बताएका छन । राजपामा निर्वाचनमा सहभागी हुने वा नहुने विषयमा नेताहरु बिभाजित देखिएका छन ।

प्रकाशित : 25 May, 2017

प्रतिक्रिया दिनुहोस्