केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यस्तो छ आलिया र सिद्धार्थको ‘इलुइलु’

सहयात्रा टिभी

भारत । संसारका सबै फिल्म नगरीमा प्रेमका नयाँ नयाँ काण्ड सुनिनु नौलो होइन । आज एउटासंग भोलि अर्कोसंग पर्सी फेरि अर्कोसंग प्रेम चक्करका रोचक खबर आइरहन्छन । विवाहित हुन वा अबिवाहित कोही खुल्लमखुल्ला सम्बन्ध प्रकट गर्छन त कोही लुकिछिपी सम्बन्ध राख्छन् । समस्या त्यहाँनीर आउँछ जब सेलिब्रेटीहरु आफनो सम्बन्ध गोप्य राख्न सक्दैनन् । कुनै न कुनै ठाउँबाट उनीहरुको सम्बन्ध लिक भैइनै हाल्छ । सामान्य नेपाली फिल्म बजारमा त यस्ता घटना गोप्य रहन सक्दैनन भने बलिउड, हलिउडको के कुरा भयो र !
यस्तै गोप्य सम्बन्ध सार्वजनिक हुनेमा परेकीछन भारतीय चर्चित नायिक आलिया भट्ट । नायक सिद्धार्थ मलहोत्रासंगको उनको गोप्य प्रेम कहिलेसम्म लुक्थ्यो र । बिभिन्न सार्वजनिकस्थलमा उनीहरु घण्टौंसंगै भेटिन थालेपछि उनीहरुको सम्बन्ध अब छताछुल्ल भएको छ । कहिल्यैपनि आपसी सम्बन्धबारे खुलेर नबोलेपनि सार्वजनिकस्थलमा एकसाथ देखिन थालेपछि अब उनीहरुलाइ बोल्न आवश्यक नभएको चर्चा बलिउडमा तातेको छ ।
निर्माता र निर्देशक करण जौहरले हालै दिएको पार्टीमा आलिया र सिद्धार्थले आपसमा भेटघाट मात्र गरेनन लामो समय इन्जोय पनि गरे । आलियाले त सिद्धार्थका माता पितासंग पनि भलाकुसारी गरिन् । पार्टी अबेर रातिसम्म चल्यो । निकैबेर उनीहरुले इन्जोय गरे ।
आफ्नो सम्बन्धलाई सधैं गोप्य राख्न चाहने यो जोडीले अब औपचारिक रूपमा सार्वजनिक हुन चाहेको अड्कल पनि गरिएको छ । आलियासँगको सम्बन्धबारे केहीअघि सिद्धार्थले भनेका थिए, ‘आलिया र मबीच निकै गजबको वर्किङ रिलेसनसिप छ । हामीबीच भावनात्मक सम्बन्ध छ ।’  
आलियाले भने कहिल्यै पनि सिद्धार्थसंगको सम्बन्धबारे कुरा खुस्काइनन् । बलिउडमा चर्चा छ– ‘आलिया र सिद्धार्थको इलुइलु त गजब छ । ’

प्रकाशित : 25 May, 2017

प्रतिक्रिया दिनुहोस्