केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संसदमा एमालेको अवरोध, संसद्ले राष्ट्रपतिलाइ धन्यवाद दिन पाएन

सहयात्रा टिभी

काठमाडौं । नेकपा एमालेले व्यवस्थापिका संसद्को बैठक अवरूद्ध गरेपछि राष्ट्रपतिलाई धन्यवाद दिनबाट संसद् वञ्चित भएको छ । बिहीबार राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरेकाले उहाँलाइ धन्यवाद दिने संसद्को कार्यसूची थियो । एमालेले स्थानीय तहको संख्या थप्ने निर्णयको बिरोध गर्दै बैठक अबरूद्ध पारेपछि धन्यवादको कार्यसूची प्रभावित भएको हो । राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरेको आधा घण्टापछि बैठक पुनः बोलाइएको थियो । बिपक्षी एमालेले प्रधानन्याधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग फिर्ता लिनुपर्ने, स्थानीय तह थप गर्ने निर्णय फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन । यसअघि एमालेले अवरोध गर्ने विपक्षी चेतावनी दिएपछि मंगलबार र बुधबारको बैठकपनि चल्न सकेको थिएन । सदन शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित : 25 May, 2017

प्रतिक्रिया दिनुहोस्