केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सहमतिय सरकार गठनका लागि राष्ट्रपतिको आह्वान

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रपति बिद्या भण्डारीले सहमतिय सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएको दोस्रो दिन राष्ट्रपतिले संविधानको प्रावधान बमोजिम सहमतिय सरकार गठनका लागि आह्वान गर्नुभएको हो । सात दिन भित्र सहमतिय सरकार गठन हुन नसके बहुमतिय प्रक्रियाका लागि राष्ट्रपतिले पुनः आह्वान गर्नुहुनेछ ।

यस्तो छ सरकार गठनको संवैधानिक व्यवस्था

  • संविधानको धारा २ सय ९८ को उपधारमा २ मा राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निर्वाचनगरी मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था गरिएको छ ।
  • सोही धाराको उपधारा ३ मा सहमति कायम हुन नसकेमा व्यवस्थापिका संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधामनन्त्री निर्वाचित गर्ने व्यवस्था छ ।
  • एक हप्तामा राजनीतिक सहमतिको आधारमा सरकार गठन नभएमा संसद्मा बहुमतीय सरकार गठनको प्रक्रिया शुरु हुनेछ । यसका लागि राष्ट्रपति कार्यालयले व्यवस्थापिका संसद्लाई सरकार गठनको प्रक्रिया अगाडि बढाउन पत्राचार गर्नेछ ।
  • व्यवस्थापिका संसद् नियमावली २०७३ को नियम ४९ को उपनियम २ बमोजिम सभामुखले प्रधानमन्त्रीको निर्वाचनको दिन र समय तोक्ने व्यवस्था छ । यसका लागि संसद्का महासचिवलाई निर्वाचन अधिकृत तोकेर निर्वाचन तालिका प्रकाशित हुनेछ ।
  • निर्वाचन कार्यतालिका अनुसार संसद्को कुनै सदस्यले आफूलाई प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी एकजना प्रस्तावक र समर्थक राखेर उम्मेदवारी दिनुपर्नेछ । त्यसपछि संसद्मा प्रधानमन्त्रीको निर्वाचन हुनेछ ।

 

यसअघि भएको ‘भद्र सहमति’ अनुसार कांग्रेस–माओवादी केन्द्रको गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधामनन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको छ । एकजनाको मात्र उम्मेदवारी परेपनि संसदमा तत्काल कायम संख्याको बहुमत सिद्ध गर्नुपर्नेछ ।

सहमतीय सरकार गठनको प्रक्रियाका लागि राष्ट्रपतिले दिने एक हप्ताको समय र संसदमा प्रधामनन्त्रीको निर्वाचन प्रक्रिया पूरा गर्दा लाग्ने समय समेतको विचारगर्दा सामान्य ढंगले प्रक्रिया अगाडि बढेमा देशले नयाँ प्रधानमन्त्री पाउन जेठ २० सम्म कुर्नु पर्ने देखिन्छ ।

 

 

 

 

प्रकाशित : 25 May, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्