केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोखरा लेखनाथ महानगरपालिकामा एमालेको कब्जा

सहयात्रा टिभी

काश्की । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी विजयी हुनुभएको छ । जिसीले कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई झण्डै १४ हजार मतान्तरले पराजित गर्नुभयो । जिसीले ६० हजार ४२३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी कुँवरले ४६ हजार ४७३ मत प्राप्त गर्नूृभयो । कुँवरलाई नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेको थियो । उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी हुनुभयो । उहाँले कांग्रेस उम्मेदवार सरस्वती गुरूङलाई झण्डै १४ हजार मतान्तरले पराजित गर्नुभयो । मञ्जुले ५६ हजार ४४८ र सरस्वतीले ४४ हजार ३३८ मत प्राप्त गर्नुभयो ।

प्रकाशित : 26 May, 2017

प्रतिक्रिया दिनुहोस्