केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आफनो हवाइ हमलामा सर्वसाधारण मारिएको अमेरिकाको स्वीकारोक्ति

सहयात्रा टिभी

बिबिसि । अमेरिकाले गत मार्चमा ईराकको मोशुलमा गरेको हवाई हमलाका क्रममा १ सय ५ सर्वसाधारण मारिएको स्विकार गरेको छ । अमेरिकी केन्द्रीय निर्देशनालयले लुकेर गाली हान्न बसेका आईएसका दुई लडाकुलाई लक्षित आक्रमण गर्दा ती सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेको छ । युद्धपोतले शक्तिशाली आक्रमण नगरेपनि आईएसका लडाकुसँग रहेका विष्फोटक पदार्थ पड्किदा ठुलो मानविय क्षति भएको अमेरिकाले उल्लेख गरेको छ । अमेरिकी गठबन्धनको सेनाले गरेको हवाई हमलामा पुर्वी सिरियाली शहरमा ३५ सर्वसाधारणको समेत मृत्यु भएको जाँच केन्द्रलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ । आईएस लडाकुका परिवारका सदस्य र बालबालिकाको मृत्यु भएको बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राईट्सले जनाएको छ ।

प्रकाशित : 26 May, 2017

प्रतिक्रिया दिनुहोस्