केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मधेश मामिला सम्बन्धी गठित जाँचबुझ आयोगले तीन महिनामा प्रतिवेदन बुझाउने

सहयात्रा टिभी

काठमाडौं । मधेस आन्दोलनका क्रममा भएका हत्या हिंसाका घटनाको छानविनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले तीन महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । घटनाकाबारेमा जानकारी लिन वीरगञ्ज पुगेको आयोगको टोलीले तीन महिनाभित्र प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको जानकारी दिएको हो । १८ मध्ये १३ जिल्लाको अनुगमन भइसकेको र बाँकी पाँच जिल्लाको पनि छिट्टै काम सक्ने आयोगले जनाएको छ । आयोगका अध्यक्ष गिरिशचन्द्र लालले बाँकी पाँच जिल्लाको अनुगमन सकिएपछि आरोपितलाई झिकाइ बयान लिने र छानविन गरी छिट्टै सरकारलाई प्रतिवदेन बुझाइने जानकारी दिनुभयो ।

प्रकाशित : 26 May, 2017

प्रतिक्रिया दिनुहोस्