केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रूससंगको सम्बन्धलाइ लिएर ट्रम्पका ज्वाईं अनुसन्धानको घेरामा

सहयात्रा टिभी

बिबिसि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाईं ज्यारेड कुश्नर संघीय जाँच ब्यूरो–(एफबीआई) को अनुसन्धानको घेरामा परेका छन् । कुश्नर ट्रम्पकी छोरी इभान्काका श्रीमान हुन् । कुश्नर हाल हृवाइट हाउसको सल्लाहकारको जिम्मेवारी निर्वाह गरिरहेका छन । अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एफबीआईले अनुसन्धान गर्दै आएको छ । रुसले हिलारी क्लिन्टनलाई हराउन र ट्रम्पलाई जिताउन भूमिका खेलेको चर्चा छ । ट्रम्पले आफ्नो चुनावी अभियान र रुसबीच कुनै सम्बन्ध नभएको बताउँदै आएका छन् । एफबीआईका अधिकारीहरुले कुश्नरसँग अनुसन्धानका लागि आवश्यक महत्वपूर्ण जानकारी भएको दावी गरेकाछन ।

प्रकाशित : 26 May, 2017

प्रतिक्रिया दिनुहोस्