केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसको उम्मेद्वार क्षेत्रिय कार्यसमितिले छान्ने

सहयात्रा टिभी

काठमाडौं । नेपाली कांग्रेसले जेठ ३१ गतेका लागि तय दोस्रो चरणको स्थानीय निर्वाचनको उम्मेदवार टुंग्याउने अधिकार निर्वाचन क्षेत्रीय कार्यसमितिलाई दिएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीका शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रदेश नम्बर एकको पहाडी जिल्लाका उम्मेद्वार समेत तय गरेको छ । क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा आउने व्यवस्था गरेको छ । केन्द्रीय समितिमा आएका विषयमा पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ नेताको समूहले निर्णय गर्ने गरेको छ ।

प्रकाशित : 26 May, 2017

प्रतिक्रिया दिनुहोस्