केपी ओली प्रचण्ड माधव नेपाल एमाले


घले दम्पत्तीको धनको कमाल, अष्ट्रेलियामा धनीहरुको सूचीमा १०१औं स्थानमा

सहयात्रा टिभी

काठमाडौं । अष्ट्रेलिया व्यवसाय गर्दै आएका नेपाली दम्पती शेष घले र जमुना गुरुङ यो बर्षपनि अष्ट्रेलियाको सर्वाधिक धनीको सूचीमा परेका छन । गतबर्षको भन्दा ५ स्थानमाथि उक्लिदै उनीह्रु १०१औं स्थानमा परेका छन । अष्ट्रेलियाबाट प्रकाशित हुने आर्थिक पत्रिका बिआरडब्लुले प्रत्येक बर्ष अष्ट्रेलियाका धनी ब्यक्तिहरुको सूची सार्वजनिक गर्दै आएको छ । सूचीअनुसार घले दम्पतीको ६ सय ४७ मिलियन अष्ट्रेलियन डलर सम्पत्ती रहेको छ । उनीहरुको कूल सम्पती एक बर्षको अवधिमा १० दशमलव ४ प्रतिशतले बढेको छ । घलेको मुख्य ब्यवसाय मेलबर्न इन्ष्टिच्युट अफ टेक्नोलोजी हो । त्यस बाहेक घरजग्गा लगायतका ब्यवसायमा समेत उनले हात हालेका छन । उनले मेलबर्नको भिक्टोरिया मार्केटमा दुईवटा भवनमा ४७० अर्पाटमेन्ट र २ सय १० कोठा भएको होटल निर्माणका लागि प्रक्रिया सुरु गरिसकेका छन ।

प्रकाशित : 26 May, 2017

प्रतिक्रिया दिनुहोस्