केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री कपमा बर्षा बाधक, सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चलले अंक बाँडे

सहयात्रा टिभी

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा जारी प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिता बर्षा बाधक भएपछि शुक्रवारको खेल प्रभावित बन्यो । बर्षाले प्रभावित भएपछि सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चल बिकास क्षेत्रको टोलीले अंक बाँडेका छन् । सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा पूर्वाञ्चलले ४ ओभरमा ४ विकेट गुमाउँदै २२ रन बनाउँदा बर्षा बाधक बनेको थियो । त्यसयता खेल सुचारु गर्न सकिएन र दुवैले एक– एक अंक पाए । यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४५.२ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनाएको थियो

प्रकाशित : 26 May, 2017

प्रतिक्रिया दिनुहोस्