केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिकाद्वारा सिरियाको मायादीन शहरमा भीषण हवाइ आक्रमण, ८० जनाको मृत्यु

सहयात्रा टिभी

बिबिसि । अमेरिकाले सिरियाको मायादीन शहरमा गरेको हवाइ आक्रमणमा कम्तिमा ८० जनाको ज्यान गएको छ । बिद्रोही इस्लामिक स्टेट आइएसको नियन्त्रणमा रहेको सो शहरमा अमेरिकाले आक्रमण गरेको हो । आक्रमणमा अधिकांश आइएस लडाकुका नातेहरु मारिएको बताइएको छ । धेरैजसो बच्चाहरुको समेत मृत्यु भएको बिबिसिले जनाएको छ । आक्रमणको अमेरिकाले पुष्टि गर्दै क्षतिका विषयमा समीक्षा भैरहेको जनाएको छ । पछिल्लो तीन दिनयता मायादिन शहरमा लगातार आक्रमण हुँदै आएको छ । संयुक्त राष्ट्र संघका मानवअधिकार बिभागले आक्रमणका बेला सर्वसाधारणलाइ निशाना नबनाउन भन्दै सबै वायुसेनाको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित : 27 May, 2017

प्रतिक्रिया दिनुहोस्