केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यी खाद्यान्न खाएर विष निकालौं, स्वस्थ बनौं

सहयात्रा टिभी

काठमाडौं । बिरामी नपर्ने को होला र ! अझ त्यसमा पनि रोगको जननी भनेकै खानेकुरा हो । हामीले के खान्छौं ? कसरी खान्छौं भन्ने कुराले नै हाम्रो स्वास्थ्य निर्धारण गर्दछ । सहि र सन्तुलित तरिका अपनाए मानिस स्वस्थ हुन्छ, राम्रै कुरा पनि असन्तुलित भयो भने त्यसले रोग जन्माउँछ । तर, केही खाद्यान्न यस्ता छन जसको सेवनले शरीर भित्रको विष निकाल्न सकिन्छ ।
रगतमा पुगेका खतरनाक तत्वलाई छानेर पिसाबबाट बाहिर निकाल्ने काम मिर्गौलाले गर्छ । बारम्बार अधिक मात्रामा विषालु तत्व छान्नु पर्दा मिर्गौलामाथि दबाब बढ्छ । यसैले मिर्गौलाको कार्यबोझ घटाउन हामीले पनि खानपिनमा होस पुर्याउन जरुरी हुन्छ । शरीरबाट विषालु तत्व सहज रूपमा बाहिर निकाल्न मिर्गौलालाई सहयोग गर्ने केही खाद्य यसप्रकार छन ।
लहसुन – बढी मात्रामा सल्फर हुने लहसुनलाई शरीरको सफाइ गर्ने प्रकृतिको उत्तम वस्तु मानिन्छ । कलेजोमा विषालु तत्व विघटन गर्ने विशेष खालको एन्जाइम उत्पादनमा सघाएर लहसुनले शरीरबाट ती वस्तु बाहिर निकाल्न भूमिका निर्वाह गर्छ ।
स्याउ – उच्च मात्रामा पेक्टिन हुने स्याउले शरीरबाट विषालु तत्व हटाउन मद्दत गर्दछ । घातक गह्रौँ घातुसँग टाँसिएर पेक्टिनले तिनीहरूलाई शरीरबाट बाहिर निकाल्न योगदान गर्छ । यति मात्रा होइन पेक्टिनले कलोजोमा पित्त उत्पादन बढाउने भएकाले विषालु तत्व विघटन प्रक्रिया सहज बन्छ ।
चुकन्दर – गान्टे मूला जस्तो गाढा रातो रङको चुकुन्दरमा एन्टिअक्सिडेन्ट ठूलो परिणाममा हुन्छ । एन्टिअक्सिडेन्टले घातक फ्रिरेडिकललाई निस्तेज पारेर शरीरको रक्षा गर्दछ । कलेजोलाई सजिलो पारेर रगतको सफाइमा समेत चुकुन्दरले मद्दत पुर्याउँछ ।
गाँजर – गाँजरमा भिटामिन ए, बी ६, सी र के तथा पोटासियम र ग्लुटाथियोन पनि हुन्छ । ग्लुटाथियोन प्रोटिनले कलेजोको सफाइमा ठूलो योगदान गर्छ । पकाउँदा ग्लुटाथियोन नष्ट हुने भएकाले गाँजर काँचै खानु राम्रो ।
कागती – शरीरको सफाइमा कागतीलाई चमत्कारी स्रोत मानिएको छ । बढी पित्त उत्पादन गर्न कागतीले कलेजोलाई उत्प्रेरित गर्छ । बिहान कागती हालेर एक गिलास पानी पिउने गरेमा तपाईंको शरीर सफाइमा ठूलो योगदान पुग्छ ।
आलस – मुटुलाई अत्यन्त आवश्यक ओमेगा–३ फ्याटी एसिडको साह्रै राम्रो स्रोत आलसले रगत स्वस्थ राख्न मद्दत पुर्याउँछ । फाइबर समेत धेरै हुने भएकाले विषालु तत्व शरीरबाट बाहिर निकाल्न आलस उपयोगी हुन्छ । .
शरीरबाट विषालु तत्व सहज रूपमा बाहिर निकाल्न यि बस्तुको प्रयोग गरे स्वास्थ्य लाभ गर्न सकिन्छ ।

प्रकाशित : 27 May, 2017

प्रतिक्रिया दिनुहोस्