केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजपालाई फकाउने कांग्रेसको प्रयास

सहयात्रा टिभी

काठमाडौं । नेपाली कांग्रेसले आज राष्ट्रिय जनता पार्टीका नेताहरुसंग छलफल गर्ने भएको छ । दोस्रो चरणको निर्वाचन बहिष्कारसहित आन्दोलन घोषणा गरेको राजपासंग कांग्रेसले पार्टी कार्याल सानेपामा छलफल गर्न लागेको हो । कांग्रेसले राजपाका नेताहरुलाई आन्दोलन फिर्ता लिइ निर्वाचनमा सहभागी हुन आग्रह गर्ने भएको छ । राजपाका मागका सम्बन्धमा समेत बैठकमा गम्भीर छलफल हुने कांग्रेस नेताहरुले बताएका छन । सरकारले मधेस केन्द्रीत दलहरुको माग अनुसार २२ वटा स्थानीय तह थप गर्ने निर्णय गरेको थियो । यसबारे राजपत्रमा जेठ ११ गते सूचना समेत प्रकाशित भइसकेको थियो । सर्वोच्च अदालतले सरकारको निर्णय कानुनसम्मत नदेखिएको भन्दै निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि दलहरु अलमलमा परेका छन ।

प्रकाशित : 27 May, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्