केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेससंग राजपाको याचना र घुर्की

सहयात्रा टिभी

काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि अत्तालिएको राजपा के गरौं के नगरौंको अवस्थामा पुगेको छ । शुक्रवार निर्वाचन बहिष्कार गर्दै आमहडतालसहितका कार्यक्रम सार्वजनिक गरेको राजपाले शनिवार कांग्रेस पार्टी कार्यालय सानेपा पुगी चुनावको वातावरण बनाइदिन याचना गरेको हो । राजपा नेताहरुले संविधान संशोधन र स्थानीय तहको संख्या आफूहरुले भने बमोजिम नभएको गुनासो गरेका थिए । यद्यपी राजपा भित्र आन्दोलनमा जाने वा निर्वाचनमा जाने भन्ने विषयमा अहिले पनि मतभेद छ । राजपाले आन्दोलनको निर्णय गरेपछि सह महामन्त्री सलिम मिया अन्सारी असन्तुष्टि जनाउँद शनिवार मात्रै एमालेमा प्रवेश गरेका छन । राजपा नेताहरुले सर्वोच्च अदालतको आदेश समेतको अपहेलना गर्दै कुनैपनि हालतमा आफूहरुले भने बमोजिम स्थानीय तहको संख्या बढाउनुपर्ने बताएका छन । निर्वाचनमा जान आफूहरुलाई दल दर्ता र निर्वाचन चिन्ह प्रदान गर्ने व्यवस्था मिलाउन पनि उनीहरुले अनुरोध गरेका छन । जवाफमा नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचनमा सहभागी भए मिति सार्न सकिने बताएको छ ।

प्रकाशित : 27 May, 2017

प्रतिक्रिया दिनुहोस्