केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पत्रकार इच्छुकको सम्झनामा काठमाडौंमा प्रभातफेरि

सहयात्रा टिभी

काठमाडौं । पत्रकार कृष्णसेन इच्छुकको १५औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै छ । काठमाडौं र देशका विभिन्न जिल्लाहरुमा इच्छुकको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरिएका छन । सेनको सम्झनामा प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार संगठन, क्रान्तिकारी पत्रकार महासंघ र प्रेस सोसाइटीले काठमाडौंमा प्रभातफेरि गरेका छन । काठमाडौंको वानेश्वरबाटे निस्केको ¥याली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्ट र क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउनेले कृष्ण सेनको योगदान भुल्न नसकिने बताउनु भएको थियो । पत्रकार इच्छुकलाई २०५९ साल जेठ ६ गते काठमाडौंबाट गिरफतार गरेर जेठ १३ गते हत्या गरिएको थियो । कार्यक्रममा पत्रकार दिपेन्द्र रावल र बेपत्ता पत्रकार चित्रनारायण श्रेष्ठकी धर्मपत्नी साबित्रा श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रकाशित : 27 May, 2017

प्रतिक्रिया दिनुहोस्