केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साझा पार्टीको प्रवक्तामा डा. आचार्य

सहयात्रा टिभी

काठमाडौं । साझा पार्टीको प्रवक्तामा डा. सूर्यराज आचार्य नियुक्त हुनुभएको छ । भरतपुर महानगरपालिका, चितवनका स्थायी निवासी डा. आचार्य सार्वजनिक नीति तथा पूर्वाधार विज्ञ हुनुहुन्छ । थाइलण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलजि (एआइटी) बाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर गरेका डा आचार्यले जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकासमा’ विद्यावारिधि गर्नुभएको हो । उहाँ चार वर्षअघि नेपाल फर्किनु भएको हो । पेशागत जीवनको सुरुमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघको अनुभव संगालेका आचार्यका दर्जनौं शोधपत्र प्रकाशित छन् ।

प्रकाशित : 27 May, 2017

प्रतिक्रिया दिनुहोस्