केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजबिराज बिमानस्थल निर्माणमा मौसम बाधक

सहयात्रा टिभी

सप्तरी । जेष्ठ महिनाभित्रै सञ्चालमा ल्याउने लक्ष्य राखिएको राजविराज विमान स्थल वेमौसमी वर्षाका कारण प्रभावित भएको छ । कच्ची धावन मार्गका कारण नियमित विमान नचलेपछि सन्ताउन्न वर्षदेखि अलपत्र अवस्थामा रहेको सो विमान स्थलमा यसपटक स्तरोन्नतिका लागि काम हुँदै थियो । कान्छाराम, रमण र देव एण्ड शायर जेभीले विमानस्थल निर्माण कार्यको ठेक्का लिएपछि गत मंसिरदेखि निर्माण कार्य थालिएको हो । जेठ भित्रै विमान स्थलको पिचिङ्ग सम्पन्न गर्ने लक्ष्य राखिएपनि लगातारको वर्षा र हावाहुरीले अपेक्षा अनुसार काम हुन सकेको छैन । तीव्र गतिमा काम अगाडी बढाएपनि मौसमले साथ नदिएको कम्पनले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणसित विभिन्न चरणमा कामको स्वीकृति, डकुमेन्ट तयारीमा समेत केहि समय लाग्ने गरेकाले ढिलाइ भएका कम्पनीले जनाएको छ । १ हजार ५ सय मिटर पक्की धावन मार्ग निमार्णका लागि हालसम्म डबल लेयर वेसको काम पूरा भैसकेको छ । एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडा पक्की धावन मार्ग, ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन तथा एक सय पाँच मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माणका लागि भ्याट बाहेक २६ करोडमा सो कम्पनीलाइ ठक्का दिइएको हो । तत्कालिन यातायात मन्त्री गणेशमान सिंहले २०१६ सालमा राजविराज विमानस्थलको उद्घाटन गर्नुभएको थियो ।

प्रकाशित : 27 May, 2017

प्रतिक्रिया दिनुहोस्