केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपतिलाई धन्यवाद

सहयात्रा टिभी

काठमाडौं । व्यवस्थापिका संसद्ले राष्ट्रपति बिद्या भण्डारीलाई धन्यवाद दिएको छ । राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेको भन्दै नेकपा माओवादीका प्रमुख सचेतक टेकबहादुर बस्नेतले गरेको प्रस्ताव बैठकले पारित गरेको हो । बस्नेतको प्रस्तावलाई कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले समर्थन गर्नुभएको थियो । राष्ट्रपतिले ११ गते नै नीति कार्यक्रम प्रस्तुत गरेपनि एमालेको अवरोधका कारण दुइ दिन ढिलो धन्यवाद प्रस्ताव पारित भएको हो । अब संसद् बैठकमा आज र भोलि बजेटका सैद्धान्तिक पक्षमाथि छलफल हुने छ । प्रमुख तीन दलको सहमतिमा संसदको अवरोध खुलेपछि प्रिबजेटमाथि छलफल सम्भव भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि नीति कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिनुहुनेछ ।

प्रकाशित : 27 May, 2017

प्रतिक्रिया दिनुहोस्