केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सहमतिय सरकारमा ओलीको जोड, राजपाका मागमा पनि सकारात्मक

सहयात्रा टिभी

काठमाडौं । सत्तारुढ दल र मधेश केन्द्रीत राष्ट्रिय जनता पार्टीप्रति लगातार विष बमन गरिरहेका एमाले अध्यक्ष केपी ओली केही नरम देखिनु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएसंगै उहाँ मधेश केन्द्रीत दलका मागमा केही लचक देखिनु भएको छ भने राष्ट्रिय सहमतिको सरकार निर्माणमा पनि जोड दिइरहुन भएको छ । शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा संचारकर्मीलाई प्रतिक्रिया दिंदै सहमतिय सरकारमा जोड दिनु भएका ओलीले शनिवार पोखरामा आयोजित सभामा पनि निर्वाचनका लागि सहमतिय सरकार बनाउन आग्रह गर्नुभयो ।
पोखरा–लेखनाथ महानगरको मेयर, उपमेयर र २२ वडा जितेपछि पार्टीले शनिवार अमरसिंह मैदानमा गरेको विजयसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव सार्ने बहाना खोज्नुको साटो राष्ट्रिय सहमति खोज्नु जरुरी रहेको बताउनुभयो । ‘लोकतन्त्र संस्थागत गर्ने हो भने स्थानीय तह, प्रदेश र संसदको चुनाव गराउनै छ,’ उनले भने, ‘कुनै पनि बहानामा चुनाव सार्न हुँदैन । राजपालाई मनाउने नाउँमा त्यसो गरिन्छ भने त्यसले देशको हित गर्दैन ।’
राजपाका मागहरू सम्बोधन हुनसक्ने उहाँले बताउनुभयो । ओलीले भने, ‘उहाँहरूलाई सहमतिको माझबाट अगाडि जान सकिन्छ भन्न चाहन्छु, निर्वाचनपछि जे जे मागहरू छन् कुरा गरौं, चुनावपछि संविधान संशोधनका कुरा गरौं, निर्वाचनका लागि शर्त बनाउने कुरा नगरौं ।’

प्रकाशित : 27 May, 2017

प्रतिक्रिया दिनुहोस्