केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तराई मधेशमा आन्दोलन चर्किने संकेत, बीरगंजमा दिउँसै मशाल जुलुस

सहयात्रा टिभी

बीरगंज । राष्ट्रिय जनता पार्टीले बीरगंजमा दिउँसै मशाल जुलुस निकालेको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत राजपाले शनिवार मशाल जुलुस प्रदर्शन गरेको हो । घण्टाघरबाट शुरु भएको मसाल जुलुस माइस्थान, आदर्शनगर पुगेर पुनः घण्टाघरमा आई कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेताहरुले सरकारले जबर्जस्ती निर्वाचन गराउन खोजेकाले विरोधमा उत्रिनु परेको बताएका छन् । जनसंख्याको आधारमा समानुपातीक समावेशी प्रतिनिधित्व र निर्वाचन क्षेत्र हुनुपर्ने उनीहरुको माग छ । राजपाले घोषणा गरेको आन्दोलन कार्यक्रम अनुसार आइतबार लाठी जुलुस प्रदर्शन गर्ने, सोमवार अन्तरक्र्रिया, निर्वाचन कार्यालय घेराउ गर्ने तथा जेठ १८ र १९ गते मधेश बन्द रहेको छ ।

प्रकाशित : 27 May, 2017

प्रतिक्रिया दिनुहोस्