केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्रम्पको हठले जी ७ मा सहमति जुटेन

सहयात्रा टिभी

बिबिसि । विश्वका शक्तिशाली ७ राष्ट्रहरु जि सेभेनको बैठकमा जलवायु परिवर्तन सम्बन्धी मुद्दामा सहमति हुन सकेन । सबै सदस्य राष्ट्रबीच जलवायु परिवर्तनका विषयमा साझा बक्तव्य जारी गर्ने प्रयास सफल हुन सकेन । ६ सदस्य राष्ट्रले पेरिस सन्धीको पालना गर्ने संकल्प जनाएपनि अमेरिकाले अस्वीकार गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो विषयमा अर्को हप्ता निर्णय दिने बताएका छन । पहिलो पटक विदेश भ्रमणमा निस्किएका राष्ट्रपति ट्रम्प पहिलो पटक जी सेभेनको बैठकमा सहभागी भएका हुन । इटालीको सिसली शहरमा सम्मेलन भएको हो ।

प्रकाशित : 28 May, 2017

प्रतिक्रिया दिनुहोस्