केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका शाक्य र उपमेयरमा कांग्रेसकी हरिप्रभा विजयी

सहयात्रा टिभी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेद्वार बिद्यासुन्दर शाक्य विजयी हुनु भएको छ । आज बिहान सम्पन्न मतगणनामा कांग्रेस उम्मेदवार राजुराज जोशीलाइ बिस हजार मतले पछि पार्दै उहाँ मेयरमा निर्वाचित हुनुभएको हो । शाक्यले ६४ हजार ९ सय १३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी राजुराज जोशीले ४५ हजार २ सय ६९ मत प्राप्त गर्नुभयो । महानगरपालिकाको उपमेयरमा कांग्रेस उम्मेदवार हरिप्रभा खड्की विजयी हुनु भएको छ । उहाँले एमाले र राप्रपा गठवन्धनका उम्मेदवार राजाराम श्रेष्ठलाइ पराजित गर्नुभयो । राती दुइ बजे नै मतगणना सकिएपनि उम्मेदवारहरु गणनास्थलमा नभएकाले अन्तिम परिणाम घोषणामा ढिलाइ भएको हो । उता, भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवालीको अग्रता कायमै छ ।

प्रकाशित : 28 May, 2017

प्रतिक्रिया दिनुहोस्