केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिमान दुर्घटनाका सहचालक मानन्धरको पनि निधन

सहयात्रा टिभी

काठमाडौं । शनिबार लुक्लामा दुर्घटना भएको गोमा एयरका सहचालक सुजन मानन्धरको पनि निधन भएको छ । सहचालक मानन्धरको गएराती निधन भएको हो । लुक्लास्थित पासाङल्हामु निकोलनिकि अस्पतालमा उपचारको क्रममा राति ९ बजेर २५ मिनेटमा निधन भएको लुक्ला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यादवकुमार खड्काले जानकारी दिनुभयो । घाइते परिचारिका प्रज्ञा महर्जनलाई भने उपचारको लागि काठमाडौं ल्याइएको छ । उनको ग्रान्डी अस्पतालमा उपचार भैरहेको छ । यसअघि हिजो चालक पारस राईको निधन भएको थियो । मृतक दुवै जनाको शव काठमाडौं ल्याइएको छ ।

प्रकाशित : 28 May, 2017

प्रतिक्रिया दिनुहोस्