केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यातनाबाट समलिङ्गी महिलाको उपचार, परिवारका सदस्यले नै पुर्याउँछन थेरापी भन्दै यातना गृह

सहयात्रा टिभी

एजेन्सी । सुन्दै अचम्म लाग्ने यातना दिएर उपचार गर्ने । इक्वेडरमा समलिङ्गी महिलाको उपचार यातना दिएर गरिने रहस्य पर्दाफास भएपछि अहिले त्यहाँ ठूलो तरंग मच्चिएको छ । यो रहस्य एक फोटोग्राफर महिला पत्रकारले सार्वजनिक गरेकी हुन । उपचारका नाममा खोलिएका थेरापी सेन्टरमा थेरापी नभइ यातना दिने गरिएको उनले सार्वजनिक गरेकी हुन । आफै समलिङ्गीको भेषमा गएर उनले त्यहाँका केही यस्ता फोटो ल्याएकीछन जसलाइ देख्दा कहालीलाग्ने हुन्छ ।
फोटोग्राफर पाओला परेड्सले बिभिन्न थेरापी सेन्टरमा पुगेर समलिङ्गी महिलाको दर्दनाक तरिकाले उपचार हुने तथ्य सार्वजनिक गरेकी हुन । आफनो अनुभव र जानकारीबारे ‘ह्याक’ म्यागजिनलाई अन्तर्वार्ता दिंदै उनले यो रहस्य खोलेकी हुन । इक्वेडरमा यस्ता दर्जनौं सेन्टर भएका जहाँ उपचारको नाममा शारीरिक यातनकासाथै यौन र श्रमको चरम शोषण हुने गरेको छ । उनले निकै त्यहाँको फोटो खिच्ने लाखौं कोसिस गरिन् तर सोचे जस्ता तस्विर ल्याउन सकिनन । त्यहाँ क्यामरा लाने अनुमती थिएन । पाओलाले आफू नै समलिङ्गी महिला भएको अभिनय गरेर फोटोको श्रृङ्खला तयार गरेकी छिन् जसले त्यहाँका महिलाको स्थिती वर्णन गर्दथ्यो । पाओलाको उक्त फोटो श्रृङ्खला इक्वाडोरमा निकै चर्चित छ । उनले त्यस्ता सेन्टरमा समलिङ्गी महिलाको मात्र नभई लागुऔषध र रक्सीको लत लागेकाहरुको पनि उपचार हुने बताइन् ।

यसका लागि परिवारका मानिसहरु नै युवती, महिलालाई जबर्जस्ती त्यस्ता सेन्टरमा लाने गर्छन् र त्यसको बदलामा मोटो रकम पनि दिने गर्छन् । यसका लागि शुल्क निर्धारण भने गरिएको छैन । परिवारले नै घरका महिलालाइ यहाँ ल्याएर छोडने गर्दछन । पीडितले यसबारे कुनै प्रतिकार पनि गर्न पाउँदैनन् ।

यहाँ महिलालाई करिब १ वर्षसम्म कैद गरेर राखिन्छ, उनीहरुलाई त्यहाँ शारिरिक यातना पनि दिइन्छ । धेरैजसो महिलामाथि ‘करेक्टिभ रेप’ (लिङ्ग पहिचानका लागि) बलात्कार पनि गरिन्छ । महिलाहरुको दिमागबाट समलैङ्गिता हटाउन बलात्कार गर्नुपर्ने यहाँ तर्क गरिन्छ । महिलालाई कहिले पनि एक्लै छोडिन्नँ, धेरैजसो समय उनीहरुसँग पुरुष नै हुने गर्दछन् । उनीहरुलाई नुहाउने बेला मात्र एक्लै छोडिन्छ ।

पीडित महिलालाई नै सेन्टरको सर–सफाईदेखि सबै काम गराइन्छ । महिलालाई सेन्टर बाहिर निस्कने अनुमती हुँदैन । सुरक्षाकर्मीले पनि उनीहरुमाथि कडा निगरानी राख्ने गर्दछन् ।
यस्ता सेन्टरबाट कतिजना महिलाको सफल उपचार भयो भन्ने कुनै तथ्याङ्क भने यहाँ छैन ।

प्रकाशित : 28 May, 2017

प्रतिक्रिया दिनुहोस्