केपी ओली प्रचण्ड माधव नेपाल एमाले


श्रीलंकामा बाढी पहिरोले बेहाल, १५० मरे, ५ लाख बिस्थापित

सहयात्रा टिभी

बिबिसि । श्रीलङ्कामा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १ सय ५० पुगेको छ भने पाँच लाख भन्दा बढी बिस्थापित भएका छन । बर्षा नरोकिएपछि बाढी र पहिरो जानेक्रम जारी रहेकाले अझै कतिपय जोखिमयुक्त स्थितिमा गुजारा चलाइ रहेका छन् । सेनाले करिब पाँच लाखभन्दा बढी जनतालाई बाढी पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारेको छ । श्रीलङ्काको प्रमुख सामुद्रिक द्विपका दक्षिणी र पश्चिमी क्षेत्रहरुका समथर मैदानी भूखण्डमा१४ वर्ष यताकै भयङ्कर बाढी पहिरो आएको हो । समथर भूभाग भएका तल्ला इलाका अझै पनि जलमग्न भई पूरै डुबानमा छन । बाढीमा परी ९७ जना हराइरहेका श्रीलङ्काको सरकारी प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी)ले पनि जनाएको छ । घाइते भएका ४९ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । कतिपय सर्वसाधारणलाई सम्झाउँदा बुझाउँदा पनि आफ्नो थात थलो छोडेर जान नमानेकाले केही बल प्रयोग गरी उनीहरुको बासस्थानबाट अस्थायी शिबिरमा लग्नु परेको स्थानीय प्रशासनले जनाएको छ । सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय संघसंस्थाको सहयोगमा उद्दार गरिरहेको छ ।

प्रकाशित : 28 May, 2017

प्रतिक्रिया दिनुहोस्