केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डेढ बर्षपछि ‘पर्व’ मा आएकी नर्मता दंग

सहयात्रा टिभी

काठमाडौं । सेक्स स्क्याण्डपछि सुस्ताएकी नेपाली चलचित्रकी नायिका नम्रता श्रेष्ठको सफल पुनरागमन भएको छ । नम्रता करिब डेढ बर्षपछि पर्दामा आएकी हुन । शुक्रवार रिलिज भएको चलचित्र ‘पर्व’ ले राम्रो ब्यापार गरेपछि नायिका नम्रता दंग छिन भने दर्शक पनि उत्साहित देखिएका छन् ।

प्रिमियरबाट सुखद प्रतिक्रिया पाएको ‘पर्व’ले ओपनिङ पनि सुखद गरेको छ । चलचित्रको प्रस्तुती, कथाबस्तु र जीवन्त अभिनयका कारण दर्शकले चलचित्रलाई रुचाएका हुन् ।
चलचित्रको प्रमोसनका लागि शनिबार बिहान नायिका नम्रता श्रेष्ठ बिभिन्न हलमा आफै पुगिन । उनीसंगै कलाकार कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की र निर्देशक दिनेश राउत पनि हलमा पुगेका थिए । उनीहरुले, सिंगल र मल्टिप्लेक्स लगायतका हलमा पुगी दर्शकको प्रतिक्रिया लिएका थिए । नायिका श्रेष्ठले सिनेमा हेर्न आएका दर्शकको उपस्थिती देखेर आफू खुशी भएको बताइन् ।
चलचित्रका निर्माताद्धय सुवास गिरी र निकिता पौडेल पनि आगामी दिनमा थप ब्यापार बढनेमा आशावादी छन ।

प्रकाशित : 28 May, 2017

प्रतिक्रिया दिनुहोस्