केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पुलिसलाइ हराउँदै आर्मी प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा

सहयात्रा टिभी

काठमाडौं । नेपाल पुलिस क्लवलाई हराउँदै त्रिभुवन आर्मी क्लव काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवशीय क्रिकेटको समूह बी बाट बिजेताका रूपमा सेमिफाइनलमा पुगेको छ । सोही समूहबाट पुलिस पनि समूह उपबिजेताका रूपमा अन्तिम चारमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवी अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा आर्मीले पुलिसमाथि सात विकेटको जित हासिल गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले २५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनको झिनो योगफल तयार ग¥यो । पुलिसले दिएको ११० रनको विजय लक्ष्य पछ्याएको आर्मीले ११६ बल बाँकी छर्दै पूरा ग¥यो । आर्मीले ३० दशमलव ४ ओभरमा ३ विकेट गुमाउँदै ११३ रन बनायो । पुलिसलाई सस्तैमा समेट्ने क्रममा आर्मीका सुशन भारी एक्लैले ६ विकेट लिए । त्यस्तै आर्मीको जितमा कप्तान विनोद भण्डारी र नरेश बुढाएरले नटआउट ७६ रनको साझेदारी गरे । त्यसैगरी महेश क्षेत्रीले १३, सागर पुनले ११ रन जोडे । पुलिसका ललितसिंह भण्डारीले दुई विकेट लिए भने सुशील कँडेलले १ विकेट लिए । सोमबार समूह ए मा रहेका सशस्त्र प्रहरी बल (एपिएफ) र पश्चिमाञ्चल विकास क्षेत्रवीच खेल हुनेछ ।

प्रकाशित : 28 May, 2017

प्रतिक्रिया दिनुहोस्