केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सप्तरीमा राजपाको लाठी जुलुस

सहयात्रा टिभी

सप्तरी ।  दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा राष्ट्रिय जनता पार्टी (राजपा) सप्तरीले आइतबार जिल्लाका विभिन्‍न ठाउँमा लाठी जुलुस प्रदर्शन गरेको छ । संविधान संशोधन र जनसङ्ख्याको आधारमा स्थानीय तहको पुर्नगठन नगरिकन सरकारले एकलौटी निर्वाचन गराउन लागेको भन्दै राजपासहितको सङ्घीय गठबन्धले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । आन्दोलनको कार्यक्रम अनुसार आइतबार सप्तरी सदरमुकाम राजविराज तथा नगरपालिकाहरु कञ्चनरुप, हनुमाननगर कंकालिनी, शम्भुनाथ, डाकनेश्वरी, बौदेबर्साइनसहितका स्थानहरुमा राजपाले लाठी जुलुस प्रदर्शन गरेको हो । स्थानीय शिव मन्दिर प्राङ्गणबाट निस्किएको राजपाको लाठी जुलुस नगरको विभिन्न भागलाई परिक्रमा गर्दै जनआन्दोलन चौकमा पुगेर विरोध सभामा परिणत भएको थियो । विरोध सभालाई सम्बोधन गर्दै राजपाका नेताहरूको माग सम्बोधनकालागि संविधान संशोधन गर्नुको विकल्प नरहेको र माग पूरा नहुञ्जेल मधेसमा चुनाव हुन नसक्ने चेतावनी दिएका थिए ।

प्रकाशित : 28 May, 2017

प्रतिक्रिया दिनुहोस्