केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महाअभियोग प्रस्ताव स्थगन, फिर्ता भएन

सहयात्रा टिभी

काठमाडौं । सत्तारुढ दल र बिपक्षी नेकपा एमालेबीच प्रधानन्यायाधीबिरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिने सहमति भएको भनिएपनि प्रस्ताव फिर्ता गरिएको छैन । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रस्ताव फिर्ता नगरी स्थगन मात्र गरेका छन । प्रस्ताव स्थगन गर्न संसद् सचिवालयमा पत्र दर्ता भएको छ । प्रस्तावका प्रस्तावक कांग्रेस सांसद मीन विश्वकर्मा र समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले संसद सचिवालयलाई पत्र लेख्दै प्रस्ताव अघि नबढाउन आग्रह गरेका हुन । विश्वकर्मा र बस्नेतले संयुक्त पत्र लेख्दै ‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनगर गर्दै प्रस्ताव अघि नबढाउन अनुरोध’ गरेका छन् ।
कांग्रेस–माओवादीका २ सय ४९ सांसदले वैशाख १७ गते प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । सर्वोच्चले अन्तरिम आदेश जारी गर्दैे प्रधानन्यायाधीश कार्कीलाई काममा फर्काएको थियो ।
प्रतिपक्षी एमालेले प्रस्ताव फिर्ता नभएसम्म सदन सुचारु हुन नदिने अडान राखेपछि सत्तारूढ दल महाअभियोग फिर्ता लिन सहमत भएको बताइएको थियो ।

प्रकाशित : 28 May, 2017

प्रतिक्रिया दिनुहोस्