अमेरिका र बेलायतमाथि भरोसा गर्न नसकिने जर्मन चान्सलर मर्केलको भनाइ

सहयात्रा टिभी

बिबिसि । जर्मन चान्सलर एगेंला मर्केलले अमेरिका र बेलायतमाथि पूर्ण रुपमा भरोसा गर्न सक्ने स्थिति नरहेको बताएकी छन । अमेरिकामा राष्ट्रपति डोनाल्ट ट्रम्पको जित र बेलायतमा ब्रेजिक्टको फैसलापछि उनीहरुमाथि युरोपको विश्वास कम हुन थालेको बताएकी हुन । उनले अमेरिका र बेलायतसंगै रुससंग युरोपले सम्बन्ध बलियो बनाउन खोजेको बताइन । यो अवस्थामा युरोप आफैले आफनो भाग्य निर्धारण गर्नुपर्ने उनले बताइन । जि सेभेनको बैठकमा जलवायु संकट समाधानमा सहमति नजुटेपछि मर्केलको यो भनाइ बाहिर आएको हो । इटलीको सिसलीमा दुइ दिन चलेको जि सेभेनको सम्मेलन निकै मुश्किल र तनावपूर्ण रहेको उनले बताइन ।

प्रकाशित : 29 May, 2017

प्रतिक्रिया दिनुहोस्