केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मतपत्र च्यातिएको विषयमा माओवादी र एमालेबीच आरोप प्रत्यारोप, तीन जना पक्राउ

सहयात्रा टिभी

चितवन । भरतपुर महानगरपालिकाको मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ । भरतपुर १९ को मतगणना जारी रहँदा मध्यरातमा उत्पन्न तनावका क्रममा मतपत्र च्यातिएपछि मतगणना रोकिएको हो । त्यसक्रममा केही मतपत्र च्यातिएका छन । घटनामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा माओवादी चितवनका सहईञ्चार्ज द्रोण सिवाकोटी, वाईसीएलका मधु न्यौपाने र एमाले प्रतिनिधि गंगा लामा रहेका छन । घटनाबारे निर्वाचन आयोगलाई जानकारी गराएर मात्रै कारवाही अघि बढने निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकार दिनुभयो । मतपत्र च्यातिएको विषयमा एमाले र माओवादी दुवै आरोप प्रत्यारोपमा उत्रिएका छन् । एमाले उम्मेदवार देवी ज्ञवालीले कांग्रेस–माओवादी गठबन्धनले हार स्वीकार्न नसकेर मतपत्र च्यातेको प्रतिक्रिया दिनुभयो । यता माओवादीले भने मुख्य निर्वाचन अधिकृत बाहिर निस्किएको मौका छोपेर आफूहरुको पक्षमा परेको मत मसी लगाएर बदर गर्न थालेपछि तनाव उत्पन्न भएको जनाएको छ । त्यसक्रममा स्थितिलाइ नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज समेत गर्नु् परेको थियो ।

प्रकाशित : 29 May, 2017

प्रतिक्रिया दिनुहोस्