सिराहामा ओभरटेक गर्दा बस दुर्घटना, १ जनाको मृत्यु, २३ घाइते

सिराहा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिका १ स्थित महादेवा चौकमा बस दुर्घटना हुँदा वसका कन्डक्टर ३७ बर्षीय निलकमल श्रेष्ठको मृत्यु भएको छ । कटारी नगरपालिका ३ बस्ने उनको उपचारका लागि विराटनगर लैजाने क्रममा वाटोमै मृत्यु भएको हो । बसका २३ यात्रु घाईते भएका छन । बिराटनगरबाट काठमाडौ जाँदै गरेको ना ४ ख ८०६२ नम्बरको बसलाई कटारीबाट नारायणघाट जाँदै गरेको को १ ख ५०६७ नम्बरको बसले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको थियो । दुबै बस र चालक प्रहरीको नियन्त्रणमा छन् ।