केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भरतपुरमा पुनः मतदान गर्न कांग्रेसको माग

सहयात्रा टिभी

चितवन । नेपाली कांग्रेसले भरतपुर नगरपालिकाको १९ नम्बर वडाको पुनः मतदान गराउन माग गरेको छ । कांग्रेस जिल्ला कार्य समिति चितवनले बिज्ञप्ती जारी गरी दोषीलाई कारवाहीको माग गर्दै पुन मतदान प्रकृया सुचारु गर्न माग गरेको हो । कांग्रेस जिल्ला सभापति जिवनारायण श्रेष्ठले बिज्ञप्ती जारी गर्दै निर्वाचन आयोगमा मतगणना प्रकृयालाई व्यवस्थित बनाउन पटक पटक आग्रह गर्दा समेत व्यवस्थित नगरेका कारण अप्रिय स्थिति आएको जनाएका छन । घटनाको सत्य तथ्य जनसमक्ष ल्याउन र दोषीलाई कारवाही गर्न कांग्रेसले माग गरेको छ । निर्वाचन आयोगले भने मतगणनास्थल रणभूमी बनेको उल्लेख गर्दै मतगणनालाई स्थगित गरेको छ ।

प्रकाशित : 29 May, 2017

प्रतिक्रिया दिनुहोस्