केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भरतपुर घटनाबारे छानबिन गर्न समिति गठन, १७ गतेसम्म मतगणना नहुने

सहयात्रा टिभी

चितवन । मतपत्र च्यातिएपछि स्थगित भरतपुर महानगरपालिकाको मतगणना अब जेठ १७ गतेपछि मात्रै हुने भएको छ । निर्वाचन आयोगद्वारा गठित छानबिन समितिले १७ गते भित्र प्रतिवेदन बुझाउने र त्यसैको प्रतिवेदनका आधारमा मतगणना गरिने आयोगले जनाएको छ । आयोगले सहन्यायाधिवक्ताको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गठित समितिमा गृह मन्त्रालयका सहसचिव र प्रहरी प्रधान कार्यालयका डीआईजी सदस्य रहेका छन । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा ३ अनुसार समिति गठन भएको हो । समितिले १७ गतेसम्ममा प्रतिवेदन बुझाउनेछ ।

 

प्रकाशित : 29 May, 2017

प्रतिक्रिया दिनुहोस्