१२ खर्ब ७८ अर्बको बजेट भाषण हुँदै
सहयात्रा टिभी
काठमाडौं । १२ खर्ब ७८ अर्बको बजेट भाषण हुँदै । दिउँसो बसेको मन्त्री परिषद बैठकले १२ खर्व ७८ अर्बको बजेट पारित गरेको थियो । जसमध्ये स्थानीय तहका लागि २ खर्ब २५ अर्ब छुट्याइएको छ । बजेटमा १४औँ योजनामा तोकेका कार्यक्रम, संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको दिगो विकासका लक्ष्यलाई बजेटमा प्राथमिकता दिइएको छ। संविधानमा स्थानीय तहलाई सङ्घीय संरचनाअनुसार दिएको कामलाई बजेटले सरल बनाइदिएको छ।