केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आतंकवादबिरुद्धको लडाइमा फ्रान्स र रुस एकसाथ, आपसी सम्बन्ध थप बलियो बनाउने

सहयात्रा टिभी

बिबिसि । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । पहिलोपटक आमनेसामने वार्ता गरेका दुवै राष्ट्रपति खुलेर स्पष्टसंग कुराकानी भएको फ्रान्सका राष्ट्रपति म्याक्रोनले बताएका छन । आपसमा रहेका असहमतिका विषयमा पनि खुल्लारुपमा छलफल भएको उनले बताए । कुराकानीकाक्रममा म्याक्रोनले सिरियाको द्वन्द्व र इस्लामिक स्टेट आइएसबिरुद्धको लडाइमा रुससंग सहकार्य गर्ने इच्छा व्यक्त गरेका थिए । रुसी राष्ट्रपति पुटिनले भने फ्रान्ससंग आर्थिक सम्बन्ध अझै बलियो बनाउन चाहेको बताएका थिए । फ्रान्सले हाल सिरिया सरकारको विरोधमा संघर्षरत सुन्नी र कुर्दिस बिद्रोहीलाइ समर्थन गरेको छ । रुस र इरानले भने सिरियन राष्ट्रपति बशर अल असदलाई साथ दिएका छन । संयुक्त वक्तव्य जारी गर्नेक्रममा दुवै राष्ट्रपतिले आपसमा मिलेर काम गर्ने थुप्रै अवसरहरु रहेको बताएका थिए ।

प्रकाशित : 30 May, 2017

प्रतिक्रिया दिनुहोस्