केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इङल्याण्डद्वारा दक्षिण अफ्रिकाबिरुद्धको तीन दिवसिय क्रिकेट शृखंला २–१ ले कब्जा

सहयात्रा टिभी

बिबिसि । दक्षिण अफ्रिकाविरुद्धको तीन एकदिवसीय क्रिकेट शृंखला इंग्ल्याण्डले दुई–एकले जितेको छ । तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा सात विकेटको पराजयपछि इंग्ल्याण्डले तीन खेलको शृंखला दुई–एकले जितेको हो । १ सय ५४ रनको लक्ष्य दक्षिण अफ्रिकाले २८ दशमलव ५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । उसका लागि हासिम अमलाले ५५ तथा क्विन्टन डिककले ३४ रन बनाए । बलिङतर्फ इंग्ल्याण्डका जेक बलले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड ३१ दशमलव एक ओभरमा १ सय ५३ रनमा समेटिएको थियो । इंग्ल्याण्डका जोनी बेरस्टोले ५१ रन बनाए । त्यस्तै टोबे रोल्याण्ड जोन्सले ३७ र डेभिड वेलेले २६ रन जोड्नु बाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङतर्फ दक्षिण अफ्रिकाका काजिगो रबाडाले तीन तथा वेन पार्नेल र केशव महाराजले समान तीन–तीन विकेट लिए । रबाडा म्यान अफ द म्याच र इंग्ल्याण्डका कप्तान इयोन मोर्गन म्यान अफ द सिरिज चुनिए ।

प्रकाशित : 30 May, 2017

प्रतिक्रिया दिनुहोस्