केपी ओली प्रचण्ड माधव नेपाल एमाले


छानबिन समितिद्वारा मतपत्र च्यातिएको घटनाबारे अनुसन्धान सुरु

सहयात्रा टिभी

चितवन । भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विषयमा अनुसन्धान गर्न गठित छानबिन समिति भरतपुर पुगेको छ । भरतपुर महानगरपालिकाको निर्वाचन अनुगमन गर्न टोली भरतपुर पुगेको हो । टोलीले प्रमुख निर्वाचन अधिकृत सहितका अन्य पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, मतगणनाका गणकहरुसँग मतगणना केन्द्रमा भएको घटनाका विषयमा जानकारी लिनेछ । टोलीले राजनीतिक पार्टीहरुसँग पनि आजै छलफल गर्ने भएको छ । आयोगको बैठकले सहन्यायधिवक्ता गीताप्रसाद तिमल्सिनाको अध्यक्षतामा ३ सदस्यीय अनुगमन टोली गठन गरेको थियो । समितिमा तिमल्सिनासहित गृहमन्त्रालय सहसचिव महेश न्यौपाने र एक प्रहरी नायव महानिरीक्षक छन् । समितिलाई १७ गतेभित्र यर्थाथ अवस्थाको बारेमा प्रतिवेदन दिन भनिएको छ ।

प्रकाशित : 30 May, 2017

प्रतिक्रिया दिनुहोस्