केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतको गुजरातमा ‘जीका भाइरस’ भेटिएको पुष्टि

सहयात्रा टिभी

भारत । विश्व स्वास्थ्य संगठनले जिका भाईरसका तीन विरामी भारतमा फेला परेको पुष्टि गरेको छ । लामखुट्टेको टोकाईबाट लाग्ने सो रोग गुजरातको अहमदावादमा देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले पनि पुष्टि गरेको हो । सन् २०१६ को नोभेम्बर देखि २०१७ को फेब्रुअरी सम्म रोग देखिएको भारतीय प्रशासनले जनाएको छ । हालसम्म जिका भाइरस ३० वटा बिभिन्न मुलुकमा देखिएको छ । गर्भवती महिला बढी प्रभावित हुने सो रोग लागेकाबाट जन्मिने शिशुमा टाउको सानो हुने समस्या छ । जसले मस्तिष्कको विकासमा बाधा पुग्ने गर्दछ । सो संक्रमण भारतमा देखिएको बारे जनतालाई जानकारी नदिएको भन्दै प्रतिपक्षी दलले सरकारको चर्काे आलोचना गरेका छन् । भारत सरकारले भने केही शिशुमा जिका संक्रमण देखिए पनि त्यसमा बृद्धि नभएका कारण जनतालाई त्रसित नपारिएको जवाफ दिएको छ ।

प्रकाशित : 30 May, 2017

प्रतिक्रिया दिनुहोस्