केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सर्वदलिय बैठक औपचारिकतमा सिमित, भोलिबाट बहुमतिय प्रक्रिया

सहयात्रा टिभी

काठमाडौं । सहमतिय सरकारको गठनका लागि आयोजित सर्वदलिय बैठक औपचारिकतमा सिमित भएको छ । राष्ट्रपति बिद्या भण्डारीको आह्वान बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेसले आयोजना गरेको बैठकमा सामान्य कुराकानी बाहेक कुनै प्रगती नभएको बैठकमा सहभागी नेताहरुले बताएका छन । सहमतिय सरकार बन्ने सम्भावना नभएकाले प्रक्रियाको औपचारिकता मात्र पूरा गरिएको कांग्रेस नेता रमेश लेखकले बताउनुभयो । बैठकमा एमालेका नेताहरु भने अनुपस्थित हुनुहुन्थ्यो । राजपाका केही नेता आएपनि अध्यक्ष मण्डलका नेताहरु भने भेटघाटका लागि भारतीय दुतावास लैनचोर पुग्नु भएको थियो । सहमतिय सरकार गठनका लागि राष्ट्रपतिले दिनु भएको समयसीमा भोलि सकिदैछ ।

प्रकाशित : 30 May, 2017

प्रतिक्रिया दिनुहोस्