केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोल्टी बिमानस्थलमा भएको सैन्य बिमान दुर्घटनामा पाइलटको मृत्यु, दुइ घाइते

सहयात्रा टिभी

बाजुरा । बाजुराको कोल्टी विमानस्थलमा भएको सेनाको बिमान दुर्घटनामा पाइलटको मृत्यु भएको छ भने अन्य दुइ जना घाइते भएका छन । नेपाली सेनाको एन ए ४८ स्काई प्लग जहाज अवतरणकाक्रममा धावनमार्गबाट अचानक चिप्लिएको थियो । दुर्घटनामा पाइलट कैलाश गुरुङको निधन भएको छ भने अन्य दुई जना घाइते भएका छन् । सुर्खेतबाट सिमिकोटको लागि उडेको जहाज सिमिकोटमा अवतरण गर्न नसकेपछि बाजुरातर्फ लागेको थियो । दुर्घटनापछि विमानमा लागेको आगो नेपाली सेना र स्थानीयवासीले निभाएका थिए । विमानमा चालक, सहचालक र विमान परिचारिका गरी तीन जना थिए । घाइते सुवेदार पूर्णबहादुर खड्का र घाइते अनिता आलेलाइ उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

प्रकाशित : 30 May, 2017

प्रतिक्रिया दिनुहोस्