केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजपा नेताहरु भारतीय दुतावासको दैलोमा

सहयात्रा टिभी

काठमाडौं । भारतको निर्देशनमा चलिरहेको आरोप खेपिरहेकैबेला नवगठित मधेश केन्द्रीत पार्टी राजपाका नेताहरु सोही आरोपलाइ बल पुग्ने गरी मंगलवार लैनचौरस्थित भारतीय दुतावास पुगेका छन । दुतावासमा उनीहरुले भारतीय राजदूत मञ्जिभ सिंह पुरीको राय मात्र लिएनन संविधान संशोधन नगरी निर्वाचनमा जान नसकिने आफनो पीडा पनि सुनाए । भारतीय राजदूत पुरीले राजपा नेताहरुलाई स्थानीय निर्वाचनमा सहभागी हुन आग्रह गरे । निर्वाचनमा सहभागी भएर आफ्नो राजनीतिक मुद्दा स्थापित गर्न उनले सुझाव दिए । राजपाले मागेजस्तै संविधान संशोधन तत्काल सम्भव नदेखिएकाले चुनावपछि पनि आफ्ना एजेन्डाका लागि संघर्ष गर्ने ठाउँ रहने उनले बताए । जवाफमा राजपाका नेताहरुले संविधान संशोधन गरेर आफुहरुका माग सम्वोधन नभएकाले निर्वाचनमा जान कठिन हुने बाध्यता सुनाएका थिए । भारतीय दूतावासमा महन्थ ठाकुर, शरतसिंह भण्डारी, राजेन्द्र महतो, अनिल झा लगायत अध्यक्ष मण्डलका सदस्य सहभागी थिए ।

प्रकाशित : 30 May, 2017

प्रतिक्रिया दिनुहोस्