केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१५औं शताब्दीका राजा मणिमुकुन्दको शालिक बुटवलमा

सहयात्रा टिभी

रूपन्देही । १५औं शताब्दीका पाल्पा राज्यका सेन वंशीय राजा मणिमुकुन्द सेनको शालिक बनाइएको छ । बुटवलको मणिमुकुन्द सेन उद्यानमा उनको पूर्णकदको घोड सवार शालिक बनाइएको हो । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले तीन लाख ९१ हजार रुपैयाँको लागतमा शालिक निर्माण गरेको हो । मंगलबार एक कार्यक्रमकाबीच समितिका अध्यक्ष खेमप्रसाद लुइँटेलले शालिकको अनावरण गरे । मणिमुकुन्द सेन १५ औं शताब्दीका पाल्पाका तत्कालीन सेन वंशीय राजा हुन् । सेन राजाले निर्माण गरेको शितकालिन दरबारको अवशेष फूलबारीमा अहिले पनि छ ।

प्रकाशित : 30 May, 2017

प्रतिक्रिया दिनुहोस्