केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मनिषा कोइरालाको ‘डियर माया’ जुन २ मा रिलिज हुँदै

सहयात्रा टिभी

बिबिसि । मनिषा कोइराला, नेपाल र भारतको चलचित्र नगरीमा मात्र होइन संसारकै अधिकांश मुुलुकमा सुपरिचित नाम हो । आफनो सुन्दरता र कलाकारिताबाट चर्चित मनिषा उच्च पारिवारिक पृष्ठभूमीका कारण पनि चर्चित अभिनेतृ हुन । ९० को दशमा बलिउडमा तहल्का मच्चाएकी अभिनेतृ मनिषाका बम्बे, १९४२ अ लव स्टोरी, दिले से, खामोसी, सौदागर लगायतका फिल्म निकै चर्चित छन । आफनो अदाय र सुन्दरताको जादुले फिल्ममा पनि भिन्न छाप छोडेकी यीनै नायिक मनिषाको अर्को नयाँ फिल्म चांडै रिलिज हुने तयारीमा छ । मनिषा अब नयाँ फिल्म ‘डियर माया’ मा देखिने भएकी छन ।
आफनो २६ बर्षे फिल्मी जीवनमा मनिषाले फिल्म इन्डष्ट्रीजका एकसे एक दिग्गज कलाकारसंग अभिनय गरेकीछिन ।
चर्चित फिल्म सौदागरमा दिलिपकुमारसंग बिताएका क्षण उनी निकै मूल्यवान ठान्छिन । त्यो बेलाका क्षण याद गर्दै उनले भनिन, ‘ आफनो पहिलो फिल्ममै दिलिप साहेब र राजकुमार जीसंग काम गर्नुपरेपछि म निकै आत्तिएकी थिए । एक सिन सकाएपछि दिलिपले मेरी आमालाइ भने, यसको नजर उतारी हाल । उनले मेरो कामको लागि मलाइ स्यावासी र आर्शिवाद दिए । राजकुमार जीले पनि मलाइ धेरै माया गर्थे । ’


सुनयना भटनागरद्वारा निर्देशित फिल्म ‘डियर माया’ मा मनिषा महत्वपूर्ण भूमिकामा देखिनेछिन । यो फिल्म एक अधवैंशे महिलाको एक्लोपन र उसको विश्वासमा आधारित छ । फिल्म जुन २ मा रिलिज हुने भएको छ ।

 

प्रकाशित : 30 May, 2017

प्रतिक्रिया दिनुहोस्