केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘वान वेल्ट वान रोड’ नेपालको समृद्धिको आधार

सहयात्रा टिभी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले चीन सरकारले अघि सारेको ‘ वान वेल्ट वान रोड’ अवधारणामा नेपालको हस्ताक्षर ऐतिहासिक र कोसेढुङ्गा रहेको बताएका छन । मंगलवार ओबिओआरसम्बन्धी काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यो परियोजनाबाटे चीनको मात्र समृद्धि नभइ नेपालको पनि समृद्धि नयाँ उचाइमा पुग्ने बताए । छिमेकीलाई साथ र सहयोग लिई आफू र आफ्ना छिमेकीको हित गर्न चीनले यो अवधारणा ल्याएको उनले बताए । यो अवधारणाले नेपालको आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने उनले बताए ।
चीनमा आयोजित ओबोर अवधारणासम्बन्धी सम्मेलनमा आफू सहभागी भएको स्मरण गर्दै अध्यक्ष ओलीले नेपालले सो अवधारणा हस्ताक्षर गरी नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताए ।
सो अवसरमा नेपाली कांग्रेसका नेता डा रामशरण महतले ओबोर अवधारणाले नेपालमा सडक सञ्जाल विस्तार, रेलमार्गको निर्माण, नेपालमा चिनियाँ लगानीजस्ता विषयमा नेपाललाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल र चीनबीच सो अवधारणाको समझदारीपत्रमा गत वैशाख २९ गते हस्ताक्षर भएको थियो ।

प्रकाशित : 30 May, 2017

प्रतिक्रिया दिनुहोस्