केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेस नेतृत्वको सरकारमा राजपा पनि सहभागी हुन्छ–प्रधानमन्त्री

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहमतीय सरकार गठनको सम्भावना नभएकाले अब कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनु भएको छ । माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सहमतीय सरकारका लागि छलफल जारी रहे पनि सम्भावना कम रहेको बताउनुभयो । उहाँले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दावी गर्नुभयो । प्रधानमन्त्री दाहालले गाउँ–गाउँ पुगेर सरकारले गरेका काम प्रचार गर्न आफ्ना सांसदहरुलाई निर्देशन पनि दिनुभयो ।
आफू नेतृत्वको सरकारले लोडसेडिङको अन्त्य, उज्यालो युगको सुरुवात, वर्षौदेखि रोकिएको १४ सय किमिको हुलाकी राजमार्गको निर्माण सुरु, १४ वटा ठूला सडकहरु निर्माण कार्यलाई गति दिएको उहाँको सचिवलायले जनाएको छ । मुस्लिम समुदायको रमजानलाई ध्यानमा राखेर असार १४ गते चुनाव सार्ने निर्णय गरिएको भन्दै प्रधानमन्त्री दाहालले अब राजपा पनि चुनावमा आउने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित : 31 May, 2017

प्रतिक्रिया दिनुहोस्